चलचित्र ‘रोल नं. १’को टाइटल गीत सार्वजनिक भएको छ। गीतमा प्रशान्त सिवाकोटीको शब्द, संगीत तथा स्वर छ।
सार्वजनिक गीतले नेपाली शिक्षा प्रणाली र विद्यालय तहमा हुने ‘र्यांकिङ’को दौडमा बालबालिकाले भोग्नुपर्ने दबाबलाई मुख्य विषय बनाएको छ। गीतले बालमनोविज्ञान केलाउने प्रयास गरेको छ।
सेभेन सिज सिनेमाको ब्यानरमा निर्माण भएको चलचित्रको निर्देशन जोन योञ्जनले गरेका हुन्। विनोद पौडेलको चलचित्र ‘रोल नं. १’ जेठ १५ गतेबाट प्रदर्शन हुने बताइएको छ।
चलचित्रमा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी, सिर्जना अधिकारी मुख्य भूमिकामा छन्। बालकलाकारहरू निर्भीक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल, सिजल श्रेष्ठको पनि अभिनय छ।
विनोद पौडेल र जान्वी पौडेल निर्माता रहेको चलचित्रको सहनिर्मातामा छत्रमाया गिरी र रमेश चौलागाईं छन्। चलचित्रलाई महेश दवाडीले लेखेका हुन्।