कर्णाली करिडाेरमा डाेजर दुर्घटना हुँदा एकजना बेपत्ता

आइतबार, १३ बैशाख, २०८३
डिजिटल संस्करण

बाजुरा र कालीकोट जिल्लाको सिमानास्थित लैफुडाँडाको भिरबाट डोजर दुर्घटना हुँदा एकजना बेपत्ता भएका छन् । कर्णाली करिडोर सडकअन्तर्गत चलिरहेको डोजर करिब १५० मिटर तल भिरमा खसेको हो ।

डोजरमा चालकसहित तीनजना सवार रहेकामा चालक र एकजना भने सकुशल रहेका छन् भने अर्को एकजना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी नरेशबहादुर शाहीका अनुसार घटनास्थलमा प्रहरी टोली पुगेको छ । उनका अनुसार डोजरमा चालकसहित तीनजना रहेका थिए । चालक र एकजना सुरक्षित छन् भने अर्को एकजना बेपत्ता छन् ।

बेपत्ता व्यक्तिको खोजीका लागि प्रहरी टोली परिचालन गरिएको छ । साथै, थप खोजी तथा उद्धारका लागि कालीकोटबाट नेपाली सेनाको टोली परिचालन गर्ने तयारी भइरहेको सूचना अधिकारी शाहीले बताए ।

सुझावित समाचार