सुर्खेतको बराहताल गाउँपालिका– ४ बाट अवैध भरुवा बन्दुकसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ।
गोप्य सूचनाका आधारमा अस्थायी प्रहरी पोस्ट तरंगा र इलाका प्रहरी कार्यालय बाबियाचौरबाट खटिएको टोलीले स्थानीय ५३ वर्षीय शेरबहादुर रानालाई नियन्त्रणमा लिएको हो।
उनको साथबाट लुकाइछिपाइ राखिएको एक थान भरुवा बन्दुक बरामद गरेको प्रहरीले जनाएको छ। पक्राउ परेका रानामाथि हातहतियार तथा खरखजनासम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको छ।