त्रासमा सुकुमवासी बस्ती, सरकारलाई चेतावनी

शुक्रबार, ११ बैशाख, २०८३
डिजिटल संस्करण

सरकारले बागमती नदीकिनारका सार्वजनिक जग्गामा बसेकाहरूलाई सुकुमवासी बस्ती छाड्न उर्दी गरेको छ । डोजर चलाउने सरकारको तयारीसँगै सुकुमवासी बस्ती क्षेत्र त्रसित बनेको छ । उनीहरूले सरकारको प्रतिरोध गर्ने चेतावनी पनि दिएका छन् । बस्तीमा डोजर चलाउनुभन्दा पहिले विकल्प दिनुपर्ने, वास्तविक सुकुमवासी पहिचान गर्नुपर्ने, शिक्षा र रोजगार दिनुपर्नेलगायत माग राखेका छन् । 

‘सिधै हटाउँछौँ भन्न पाइँदैन, हामीलाई विकल्प चाहिन्छ । हामी यहाँ रहरले बसेका होइनौँ, तर सरकारले जबर्जस्ती गर्यो भने स्थिति असामान्य हुन्छ,’ बागमती नदीकिनार क्षेत्रमा बस्दै आएका इस्नर विकले भने, ‘पहिले पनि हामीलाई यसरी नै तर्साइएको थियो, अहिले पनि त्यस्तै गरिँदै छ ।’

सुझावित समाचार