भारतीय पर्यटकलाई दुःख दिने एक भारतीयसहित तीन बिचौलिया पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार सिद्धार्थनगर नगरपालिका– १, बेलहियास्थित नेपाल–भारत सिमानामा भारतीय पर्यटकलाई अनावश्यक दुःख हैरानी दिएको अभियोगमा तीनजना पक्राउ परेका हुन्। जिप्रकाका प्रहरी नायब उपरीक्षक गणेश सापकोटाका अनुसार जिप्रकाबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेहरूमा सिद्धार्थनगर नगरपालिका– १ बस्ने २६ वर्षका निरज हरिजन, सोही ठाउँ बस्ने ३२ वर्षका बैजु कलवार र भारत महाराजगन्ज सुनौली बस्ने २७ वर्षका मुलायम यादव रहेका छन्। सो सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ।