दीपक भट्ट र सुलभ अग्रवाललाई सात दिन म्याद थप

बुधबार, ९ बैशाख, २०८३
डिजिटल संस्करण

काठमाडौं जिल्ला अदालतले दीपक भट्ट र सुलभ अग्रवाललाई अनुसन्धानका लागि थप सात दिन थुनामा राख्न अनुमति दिएको छ। बुधबार न्यायाधीश तिलकबहादुर कार्कीको इजलासले सात दिन म्याद थप गरिदिएको हो।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनीहरूलाई ३० दिन हिरासतमा राखी थप अनुसन्धान गर्नका लागि म्याद थपको माग गरेको थियो।

‘आरोपीहरू दीपक भट्ट र सुलभ अग्रवाललाई २०८३/१/९ गतेदेखि लागू हुने गरी सम्पत्ति शुद्धिकरण (मनि लाउन्ड्रिङ) निवारण ऐन, २०६४ को दफा १७ को उपदफा (४) समेतका आधारमा दिन सात म्याद थप गरिदिएको छ,’ आदेशमा भनिएको छ।

सुझावित समाचार