‘क्ल्यास अफ टङ्स’ अब दर्शकहरूमाझ आउने

बुधबार, ९ बैशाख, २०८३
डिजिटल संस्करण

हास्यप्रधान नयाँ कार्यक्रम ‘क्ल्यास अफ टङ्स’ अब दर्शकहरूमाझ आउने भएको छ। यस कार्यक्रमका होस्टका रूपमा विशाल गौतम रहेका छन् । साेमा यसपटक कलाकार सजन श्रेष्ठलाई ‘रोस्ट’ गरिएको छ।

कार्यक्रममा रजनेश अर्याल, बबिन कार्की, सुशान्त बस्याल र सतिश कार्कीले साजन श्रेष्ठमाथि रोस्ट प्रस्तुत गरेका छन्। उनीहरूले हास्यात्मक शैलीमा विभिन्न विषय उठाउँदै सजन श्रेष्ठलाई रोस्ट गरेका हुन्। 

यो कार्यक्रम यही बिहीबारदेखि बेलुका ७ बजे ‘विशाल गौतम’ नामक युट्युब च्यानलमार्फत प्रसारण हुँदै छ। साथै ‘ह्याप्पी क्लब’ मैतीदेवीमा प्रत्येक शुक्रबार साँझ ६ बजे साे प्रत्यक्ष रूपमा गएर हेर्न पनि सकिनेछ। 

सुझावित समाचार