गगन थापाले भने– सबै पक्षलाई साथमा लिएर १५औँ महाधिवेशन सफल बनाउनेछौँ

बुधबार, ९ बैशाख, २०८३
डिजिटल संस्करण

नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको १५औँ महाधिवेशनलाई सफल बनाउन सबै पक्षलाई साथमा लिएर अघि बढ्ने बताएका छन् ।

विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले महाधिवेशन सफल बनाउन पार्टीभित्रका सबै नेता तथा कार्यकर्तासँग निरन्तर संवाद भइरहेको जानकारी दिए ।

सभापति थापाले पार्टीको केन्द्रीय समितिको निर्णयअनुसार वर्तमान सरकारप्रति मुलुकमा सुशासन कायम गर्न, संविधानको प्रभावकारी कार्यान्वयन गर्न तथा जनतासँग प्रत्यक्ष जोडिएका विषयमा आवश्यक सहयोग गरिने स्पष्ट पारे।

उनका अनुसार नेपाली कांग्रेस संघीय संसदमा प्रतिपक्षमा रहे पनि सातै प्रदेश र स्थानीय तहमा अग्रस्थानमा रहेकाले पार्टीको काँधमा थप जिम्मेवारी आएको छ। यसलाई ध्यानमा राख्दै संगठनलाई थप सुदृढ बनाउँदै अघि बढ्ने उनको भनाइ थियो।

सुझावित समाचार