पर्यटकलाई दुःख तथा हैरानी दिने थप तीनजना महिलालाई कास्की प्रहरीले प्रकाउ गरेको जनाएको छ । पर्यटकीय राजधानी सहर पोखराको प्रमुख पर्यटकीय क्षेत्र पोखरा– ६ लेकसाइडमा रातिको समयमा पर्यटकलाई दुःख तथा हैरानी दिएको आरोपमा जिल्ला प्रहरी कार्यालय कास्की र मातहतको वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले मंगलबार उनीहरूलाई पक्राउ गरेको हो ।
आन्तरिक तथा बाह्य पर्यटकहरुलाई लेकसाइड क्षेत्रमा रातिको समयमा विभिन्न महिलाहरूले अनावश्यक दुःख तथा हैरानी दिने, लुटपाट गर्नेसँगै अनैतिक क्रियाकलाप बढ्दै गइरहेको भन्ने जनगुनासोपछि खटिएको प्रहरी टोलीले ती महिलालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त सूचना अधिकारी गणेश पाण्डेले जानकारी दिए । पर्यटकलाई दुःख तथा हैरानी दिएको आरोपमा यसअघि ५ वैशाखमा १६ जना महिलालाई प्रहरीले लेकसाइड क्षेत्रबाट पक्राउ गरेको र मंगलबार पुनः थप तीनजना पक्राउ परेका हुन् ।
पक्राउ परेका महिलाले पर्यटकहरूलाई विभिन्न किसिमका प्रलोभन देखाई अनावश्यक दुःख तथा हैरानी दिने, लुटपाट कार्य गर्ने तथा अनैतिक क्रियाकलाप गर्ने गरेको पाण्डेले जानकारी दिँदै उनीहरूउपर आवश्यक कारबाही गरिएको प्रहरीले जनाएको छ ।