समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा अध्यक्ष र सदस्य नियुक्त

मंगलबार, ८ बैशाख, २०८३
डिजिटल संस्करण

सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा अध्यक्ष र सदस्य नियुक्त गरेको छ।

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले समितिको अध्यक्षमा डिल्लीराज आचार्य (प्युठान) तथा सदस्यहरूमा नवराज सिंखडा (धादिङ) र रोशनबहादुर शाक्य (ललितपुर)लाई नियुक्ति गरेको हो।

यसअघिका अध्यक्ष श्रीमण गौतम तथा सदस्यद्वय ललितकुमार महर्जन र ध्रुव आचार्यले पदबाट राजीनामा दिएका थिए। ०८१ वैशाख २० गते नियुक्त भएका उनीहरूको २०८२ चैत २४ गते राजीनामा स्वीकृत भएको थियो।

सुझावित समाचार