पूर्वाञ्चल गट ट्यालेन्ट : गायनमा सुज्ञान खनाल र नृत्यमा शिशिर नेम्वाङ विजयी

मंगलबार, ८ बैशाख, २०८३
डिजिटल संस्करण

पूर्वाञ्चल गट ट्यालेन्ट सिजन– ७ को फाइनलमा गायनतर्फ झापाका सुज्ञान खनाल विजयी भएका छन्। नृत्यतर्फ सिनियरमा पाँचथरका शिशिर नेम्वाङ र जुनियरतर्फ झापाकी सुम्निमा राई विजयी भए।

धनकुटाको तल्लो टुँडिखेलमा सम्पन्न प्रतियोगितामा गायनतर्फ पाँचथरका पवन राई द्वितीय र झापाकी दिव्या लाम्गादे तृतीय भए। नृत्य सिनियरतर्फ मोरङकी गरिमा मगर द्वितीय तथा कल्चर भाइब्स ग्रुप धनकुटा र पाँचथरकी चाँदनी जबेगु तृतीय भएका छन्। नृत्य जुनियरतर्फ झापाकी समता श्रेष्ठ द्वितीय हुँदा पाँचथरका यान्ङछुम जबेगु र सोनाक्षी मगर तृतीय भए।

गायनतर्फ प्रथम हुनेलाई नगद पाँच लाख रुपैयाँ र सोहीबराबरको जीवन बिमा प्रिमियम, म्युजिक रेकर्डिङको अवसर, गिफ्ट ह्याम्पर, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ।

त्यसैगरी, गायनतर्फका द्वितीय र तृतीय स्थान हासिल गर्नेहरूलाई क्रमशः एक लाख र ५० हजार रुपैयाँ नगद प्रदान गरिएको छ। नृत्यतर्फ भने उमेर समूहको प्रथमलाई जनही दुई लाख ५० हजार रुपैयाँ र दोस्रो हुनेलाई जनही ५० हजार रुपैयाँ प्रदान गरिएको छ। तेस्रो हुनेलाई जनही २५ हजार रुपैयाँका दरले प्रदान गरिएको आयोजकले बताएको छ।

गत असार २० गतेदेखि सुरु भएको प्रतियोगितामा कोशी प्रदेशका १४ वटै जिल्लाबाट करिब ६ सय बढीले भाग लिएका थिए।
 

सुझावित समाचार