ललितपुरमा कजारियाको सोरुम सञ्चालनमा

सोमबार, ७ बैशाख, २०८३
डिजिटल संस्करण

टायल कम्पनी कजारिया रमेश टायल्स लिमिटेडले रातामकै चोक, इमाडोल, ललितपुरमा नयाँ सोरुम सञ्चालनमा ल्याएको छ । छाया हार्डवेयर एन्ड कन्स्ट्रक्सन प्रालिद्वारा सञ्चालन हुने उक्त सोरुम शुक्रबार औपचारिक उद्घाटन गरिएको हो । कम्पनीका कन्ट्री म्यानेजर अभ्यास तिवारीले सोरुम उद्घाटन गरे । उद्घाटन कार्यक्रममा मिस नेपाल कोस्मो २०२५ दीपशिखा नेपाल तथा कजारियाका प्रतिनिधिको उपस्थिति थियो । यो सोरुमले ललितपुर तथा आसपासका ग्राहकलाई विश्वस्तरीय टायल समाधानसहित नेपाली बजारमा उत्कृष्टता प्रदान गर्ने ब्रान्डको प्रतिबद्धतालाई अझ सुदृढ बनाएको दाबी गरिएको छ ।

‘ललितपुरमा आफ्नो उपस्थिति विस्तार गर्न पाउँदा खुसी छौँ,’ तिवारीले भने, ‘उच्च गुणस्तरका तथा डिजाइनकेन्द्रित स्थानको माग बढ्दै गइरहेको छ । सोरुम केवल बिक्री केन्द्र मात्र नभई ग्राहकले प्रेरणा, नवप्रवर्तन र उत्कृष्ट टायल समाधान अनुभव गर्न सक्ने गन्तव्यका रूपमा परिकल्पना गरिएको छ ।’कम्पनीका अनुसार नयाँ सोरुममा सिरेमिक तथा भिट्रिफाइड टायल्सको विस्तृत संग्रह प्रस्तुत गरिएको छ, जसमा आधुनिक डिजाइन, आकर्षक फिनिसिङ तथा उच्च प्रदर्शनयुक्त समाधान समावेश छन् । यिनलाई आधुनिक वास्तुकला र आन्तरिक सजावटका आवश्यकताअनुरूप तयार गरिएको जनाइएको छ ।

कजारियाले अन्तर्राष्ट्रिय गुणस्तर कायम गर्दै नेपालमै तीन हजारभन्दा बढी डिजाइन विकल्प उपलब्ध गराउँदै आएको छ । यसका नेपालभर सयभन्दा बढी सोरुम सञ्चालनमा छन् । कम्पनीका उत्पादनमा ग्लेज्ड भिट्रिफाइड, हेभी ड्युटी ग्लेज्ड भिट्रिफाइड तथा सेरामिक वाल टायल छन् । यी टायल पानी तथा दागप्रतिरोधी, बलियो, दिगो र आधुनिक डिजाइनमा उपलब्ध हुने कम्पनीको दाबी छ । 
 

सुझावित समाचार