भन्सार कडाइको विरोधमा वीरगन्जमा धर्ना

आइतबार, ६ बैशाख, २०८३
डिजिटल संस्करण

सरकारले भन्सार नतिरी भारतीय सीमावर्ती बजारबाट एक सय रुपैयाँभन्दा बढीको सामान ल्याउन रोक लगाएपछि जनअधिकार पार्टीले वीरगन्जको शंकराचार्य गेटमा धर्ना दिएको छ।

जनअधिकार पार्टीका अध्यक्ष डा. शरदसिंह यादवको अगुवाइमा एक घण्टा शंकराचार्य गेटमा धर्ना दिएका हुन्।  केही दिनदेखि सरकारले नेपाल–भारत सीमानाकामा भन्सार असुलीमा कडाइ गरेको छ।

सय रुपैयाँभन्दा बढी मूल्यको सामान ल्याउँदा अनिवार्य भन्सार तिर्नुपर्ने भन्दै सशस्त्र प्रहरीले नाकाहरूमा माइकिङ गरी सर्वसाधारणलाई जानकारी गराइरहेको छ।

भन्सार महसुल ऐन, २०८१ को दफा १३ को उपदफा (३) को अधिकार प्रयोग गरी सरकारले गत जेठ १५ गतेदेखि नै यात्रुका लागि यो नियम लागू गरेको थियो। तर, व्यवहारमा कडाइ गरिएको थिएन।

पछिल्लो समय गृह मन्त्रालयको निर्देशनमा नाकाहरूमा कडाइ गरिएपछि सीमा क्षेत्रका बासिन्दा चिन्तित भएका छन्। सस्तो सामानका लागि सीमावर्ती क्षेत्रका अधिकांश नागरिक भारतीय बजारमा निर्भर छन्।

सुझावित समाचार