भारत सरकारको सहयोगमा बडिगाडमा स्वास्थ्यचौकी निर्माण

शुक्रबार, ४ बैशाख, २०८३
डिजिटल संस्करण

भारत सरकारको सहयोगमा बागलुङको बडिगाड गाउँपालिका– ७ मा रहेको भीमगिठे स्वास्थ्यचौकीकाे नयाँ भवन बन्ने भएको छ । करिब चार करोड सात लाख १२ हजार ६२७ कुल लागत रहेको स्वास्थ्यचौकी भवन निर्माणका लागि भारतीय राजदूतावासले दुई करोड ९४ लाख ८३ हजार २८७ रुपैयाँमा सोले तिलक निर्माण सेवा प्रालिमार्फत भवन निर्माणका निम्ति ठेक्का सम्झौता गरेको छ । कुल लागतमा पाँच प्रतिशत रकम गाउँपालिकाको तर्फबाट लगानी हुने  बताइएको छ । 

भारत सरकारको उच्च प्रभाव सामुदायिक विकास परियोजना कार्यक्रमअन्तर्गत स्वास्थ्यचौकी निर्माण हुन लागेको बडिगाड गाउँपालिकाकी अध्यक्ष गण्डकी थापा अधिकारीले जानकारी दिइन् । भवनको गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारी र काठमाडौंस्थित भारतीय राजदूतावासका द्वितीय सचिव अजयकुमार सिंहले संयुक्त रूपमा शिलान्यास  गरेका छन् । 

पुरानो भवनबाट स्वास्थ्य सेवा प्रदान गर्दै आएको स्वास्थ्यचौकी भवन जीर्ण रहेका कारण गाउँपालिकालको अनुरोधमा भारत सरकारले सहयोग गरेको अध्यक्ष अधिकारीले बताइन् । उनले नेपाल–भारतबिचको द्विपक्षीय सहकार्यअन्तर्गत यस्ता परियोजनाले स्थानीय पूर्वाधार विकाससँगै समृद्धि प्रवर्द्धनमा टेवा पुग्ने भनाइ व्यक्त गरिन् ।

 भारतीय राजदूतावास र बागलुङको बडिगाड गाउँपालिकाबिच भवन बनाउने गरी गत कात्तिक २४ गते सम्झौता भएको थियो । स्वास्थ्य क्षेत्रको विकासका निम्ति छिकेकी राष्ट्रको सहयोग आमनागरिकलाई प्रत्यक्ष फाइदा हुने अधिकारीले बताइन् । स्वास्थ्यचौकी भवनको आगामी १५ महिनासम्ममा निर्माण सम्पन्न गर्ने गरी गत फागुनमा सम्झौता भएको भएको बडिगाड गाउँपालिका उपाध्यक्ष भीमसेन वनले जानकारी दिए । 
 

सुझावित समाचार