लेखा समिति सभापतिमा कांग्रेसका भरत खड्का उम्मेदवार

बिहिबार, ३ बैशाख, २०८३
डिजिटल संस्करण
लेखा समिति सभापतिमा कांग्रेसका भरत खड्का उम्मेदवार

तस्बिर : अमुल थापा/नयाँ पत्रिका

सार्वजनिक लेखा समिति सभापतिमा प्रमुख प्रतिपक्षी दल कांग्रेसले डोटीबाट निर्वाचित सांसद भरत खड्कालाई उम्मेदवार बनाएको छ। खड्काको प्रस्तावक मोहन आचार्य र समर्थक जनक गिरी छन्। 

प्रतिनिधिसभाका १० समितिमध्ये सार्वजनिक लेखा समिति विपक्षीले पाउने संसदीय अभ्यास छ। यसअनुसार रास्वपाले प्रतिनिधिसभाका नाैवटा समितिमा उम्मेदवारी दिएर लेखा समिति प्रमुख प्रतिपक्षीका लागि छोडेको हो।

प्रमुख प्रतिपक्षी कांग्रेसले डोटीबाट निर्वाचित सांसदलाई सभापतिको उम्मेदवार बनाएको सांसद योगेश गौचनले जानकारी दिए।

सुझावित समाचार