नेपाल प्रहरीले मालपोत र कम्पनी रजिस्ट्रार कार्यालयबाट १८ बिचौलियालाई पक्राउ गरेको छ। मालपोत कार्यालय कलंकी र चाबहिल तथा कम्पनी रजिस्ट्रार कार्यालय त्रिपुरेश्वरबाट १८ बिचौलियालाई पक्राउ गरेको काठमाडौं उपत्यका प्रहरी कार्यालयले जनाएको छ।
सेवाग्राहीलाई काम छिटो र छरिताे गरिदिन्छु भनी प्रभोलनमा पारी दुःख हैरानी दिई अभद्र व्यवहार गरेको प्रहरी अभियोग छ। जिल्ला प्रहरी परिसर काठमाडौं र मातहतले स्विप अपरेसन गरी नियन्त्रणमा लिएका बिचौलियामाथि थप अनुसन्धान गरिरहेको बताइएको छ।