प्रहरीले चार करोड ५० लाख ठगी मुद्दाका दुई प्रतिवादीलाई पक्राउ गरेको छ । गत चैत ५ गते कास्की जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भई फरार रहेका दुई प्रतिवादीलाई बिहीबार प्रहरीले काठमाडौंको टोखाबाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा स्याङ्जा घर भएका ६२ वर्षीय शान्तिरमण पंगेनी र ५८ वर्षीय टीका पंगेनी रहेका छन् । कमलप्रसाद ज्ञवालीको जाहेरीका आधारमा उनीहरूलाई प्रहरीले खोजीकार्य जारी राखेको थियो ।