चिनियाँ अटोमोबाइल ब्रान्ड एलएस अटोले नेपालमा तेस्रो मोडेल सार्वजनिक गरेको छ । नेपालका लागि एलएस अटोको आधिकारिक वितरक ब्लु कर्पोरेसन प्रालिले एलइभी एक्स इलेक्ट्रिक एसयुभी सार्वजनिक गरेको हो । साथै, काठमाडौंको ज्ञानेश्वरमा नयाँ सोरुम पनि उद्घाटन गरिएको छ । कम्पनीले यसअघि एलइभी ०१ एसई र एलइभी ०१ सीई बिक्री गर्दै आएको थियो । अहिले सार्वजनिक गरिएको मोडेल एलइभी एक्स अल ह्विल ड्राइभ भर्सन रहेको बताइएको छ ।
कम्पनीका अनुसार, प्राविधिक रूपमा, एलइभी ०१ र एलइभी एक्स दुवै ‘प्योर इलेक्ट्रिक प्लाटफर्म’मा आधारित छन् । एलइभी एक्सले ५५० किमिसम्मको रेन्ज दिन्छ । यसमा १९८ किलोवाट क्षमताको मोटर तथा ७७ किलोवाट आवर ब्याट्री प्याक जडान गरिएको छ ।
साथै, गाडीमा होरिजन्टल डिआरएल, भर्टिकल हेडलाइट, प्यानोरोमिक सनरुफ, ३६० डिग्री क्यामेरा, वायरलेस चार्जिङ, मल्टिकलर एम्बियन्ट लाइटलगायतका प्रिमियम फिचर समावेश छन् । सुरक्षाका लागि १० वटा एयरब्याग, एबिएस, इबिडी, इलेक्ट्रोनिक स्टाबिलिटी कन्ट्रोल, अट्र्याक्सन कन्ट्रोल, क्रुज कन्ट्रोल, हिल असिस्टजस्ता सुविधा उपलब्ध छन् । यसको मूल्य ८४ लाख ९५ हजार रुपैयाँ तोकिएको छ ।
नयाँ वर्षको अवसरमा कम्पनीले एक्सचेन्ज क्याम्प र विशेष अफर ल्याएको छ । टेस्ट ड्राइभ गर्ने ग्राहकलाई आकर्षक उपहार उपलब्ध गराइने र गाडी बुकिङपछि डेलिभरी लिने ग्राहकलाई चीन भ्रमणको अवसरसमेत प्रदान गरिने कम्पनीका महाप्रबन्धक नवीन फुयाँलले बताए ।