नेपाल आयल निगमले इन्धनको मूल्य फेरि वृद्धि गरेको छ। निगमले बिहीबारदेखि लागू हुने गरी डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर ३० रुपैयाँका दरले वृद्धि गरेको छ। जसअनुसार अब उपत्यकालगायत स्थानमा डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर २३७ पुगेको छ।
निगमले पेट्रोलको मूल्य भने यथावत् राखेको छ।
