जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले ६९ वर्षीया वृद्धामाथि जबर्जस्ती करणी गरेको आरोपमा २९ वर्षीय युवकलाई पक्राउ गरेकोे छ।
जिल्ला प्रहरी कार्यालयले चैत्र ३० मंगलबार साँझ ७ बजेतिर शारीरिक रूपमा अशक्त ६९ वर्षीया वृद्धामाथि जबर्जस्ती करणी गरेको आरोपमा २९ वर्षका विनोद सार्कीलाई पक्राउ गरेको हो।
इलाका प्रहरी कार्यालय तेल्लोकबाट खटिएको प्रहरी टोलीले सार्कीलाई लुकीछिपी बसेको अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो। उक्त घटनासम्बन्धी आवश्यक अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी आशिष पोख्रेलले जानकारी दिए।