बिस्का जात्रा : सुजनले चौथोपटक जिब्रो छेडे [तस्बिरहरू]

बुधबार, २ बैशाख, २०८३
डिजिटल संस्करण

बिस्का जात्राअन्तर्गत बुधबार भक्तपुरको बोडेमा जिब्रो छेड्ने जात्रा मनाइएको छ। यस वर्ष पनि स्थानीय सुजन बाग श्रेष्ठले जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिएका छन्।

बुद्धकृष्ण बाग श्रेष्ठका कान्छा छोरा सुजनले चौथोपटक जिब्रो छेडाएका हुन्। प्रत्येक वर्ष वैशाख २ गते भक्तपुरमा जिब्रो छेड्ने जात्रा मनाइन्छ। लिखित इतिहास नभए पनि जिब्रो छेड्ने परम्परा प्राचीनकालदेखि नै चल्दै आएको मानिन्छ।

हेर्नुस् तस्बिरहरू :

सुझावित समाचार