तराईमा मौसम सफा

बुधबार, २ बैशाख, २०८३
डिजिटल संस्करण

आज तराई भूभागमा मौसम सफा छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले दिएको जानकारीअनुसार नेपालको पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहँदा पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ । 

कोशी प्रदेशका पहाडी र हिमाली भूभाग साथै बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात भइरहेको महाशाखाले जनाएको छ ।

आज दिउँसो कोशी प्रदेशका पहाडी भूभागलगायत देशका हिमाली भूभागमा साधारणतया बादल लाग्ने, बाँकी पहाडी भू–भागमा आंशिक बादल लाग्ने र तराई भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।  

कोशी प्रदेशका पहाडी र हिमाली भूभागका थोरै तथा गण्डकी प्रदेशका पहाडी भूभागलगायत बाँकी हिमाली भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको  सम्भावना रहेको छ । 

सुझावित समाचार