सरकारले २०२७ लाई ‘राष्ट्रिय आरोग्य वर्ष’को रूपमा मनाउने भएको छ। मंगलबार सरकारले ‘राष्ट्रिय प्रतिबद्धता’सम्बन्धी मस्यौदा प्रतिवेदन सार्वजनिक गर्दै २०२७ मा आरोग्य पर्यटनको विकास गर्ने जनाइएको छ। नेपाली सभ्यता, जीवनशैली,स्थानीय भेषभूषा, रैथाने खानपान र शिल्पकलासहितको पर्यटन प्याकेज तथा होमस्टे सञ्चालन गर्ने जनाएको छ।
त्यस्तै, साहसी र मनोरञ्जनात्मक पर्यटनका लागि तीनवटै तहका सरकारसँग समन्वय गरी ‘सफा हिमाल, सुरक्षित आरोहण’ अभियानका साथै थप पर्यटकीय गन्तव्यको विकास गर्ने जनाइएको छ । नेपाल भित्रिने पर्यटकको संख्या र औसत बसाई बढाई गुणस्तरीय पर्यटनको आधार तयार गरी पाँच वर्षभित्र प्रतिव्यक्ति खर्च दोब्बर पारिने पनि उल्लेख गरिएको छ ।