बुबाको पदचाप पछ्याउँदै इन्स्पेक्टर बनिन् पलकसिंह

मंगलबार, १ बैशाख, २०८३
डिजिटल संस्करण

पछिल्ला वर्ष उच्च पदस्थ सुरक्षा अधिकारीका सन्तान कमै मात्र फौजी पेसामा आबद्ध भएका छन्। विदेश जाने लहरमा पलकसिंह राठौर भने अपवाद बनिन्। सानै उमेरदेखि फौजी जागिरका दुःख सुखसँग नजिक रहेकी उनी स्नातक उत्तीर्ण भएलगत्तै सशस्त्र प्रहरीको इन्स्पेक्टर पदमा आवेदन दिइन्। पहिलो प्रयासमै सफल भएकी उनले सोमबार करिब एक वर्ष लामो आधारभूत तालिम सकाएर फिल्डमा खटिएकी छिन्। 

पलकसिंहका बुबा सुशीलसिंह राठौर नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक(एआइजी) पदमा कार्यरत छन् । बुबाकै पदचाप पछ्याउँदै उनी सुरक्षा सेवामा आबद्ध भएकी हुन्। छोरीले सुरक्षा सेवा नै रोजेकोमा एआइजी राठौरले सामाजिक सञ्जालमार्फत शुभकामना र बधाई दिएका हुन्। 

‘पछिल्लो समय युवापुस्तामा विदेश जाने लहर छ, तर मेरो छोरीलाई भने स्वदेशमै बस्छु भन्ने थियो,’ उनी भन्छन्,‘अझ सुरक्षा सेवा नै रोजेकोमा अझै खुसी छु।’ 
सशस्त्र प्रहरीको ५६ हप्ता लामो आधारभूत तालिममा पलकसहित ४९ जना सफल भएका छन्। 
 

सुझावित समाचार