सशस्त्र प्रहरीकी असइ निम दिकीद्वारा लोबुचे हिमालको आरोहण

मंगलबार, १ बैशाख, २०८३
डिजिटल संस्करण

सशस्त्र प्रहरी सहायक निरीक्षक निम दिकी शेर्पाले लोबुचे हिमालको सफल आरोहण गरेकी छिन्। 

मंगलबार बिहान ८ः५७ बजे शेर्पाले ६ हजार १ सय १९ मिटर अग्लो सो हिमालको सफलतापूर्वक आरोहण गरेकी हुन्। 

हिमाल आरोहण गर्ने शेर्पा सशस्त्र प्रहरी बल नेपालकी पहिलो महिला हुन्। शेर्पा यही सिजनमा सगरमाथा र ल्होत्से हिमाल पनि चढ्ने तयारीमा छिन्। यसअघि उनलाई सशस्त्र प्रहरी बल प्रधान कार्यालयमा संगठनको झन्डा प्रदान गरेर बिदाइ गरिएको थियो। 

सशस्त्र प्रहरी बलबाट यसअघि  सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज पौडेल र सशस्त्र प्रहरी नायब निरीक्षक दन्तबहादुर छन्त्यालले सगरमाथा शिखर सफलतापूर्वक आरोहण गरिसकेका छन्।
 

सुझावित समाचार