वर्षौँदेखि भाडा नतिर्ने भृकुटीमण्डपका २० स्टलमा ताला

सोमबार, ३० चैत, २०८२
डिजिटल संस्करण

समाज कल्याण परिषद्ले भृकुटीमण्डपका २० स्टलमा ताला लगाएको छ। वर्षौँदेखि भाडा नबुझाएपछि परिषद्ले सोमबार ती स्टलमा ताला लगाएको हो।

भाडा नतिर्नेमा उपभोक्ता मञ्च, रिपोर्टस् क्लब नेपाल, पत्रकार महासंघ, एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुसहित विभिन्न संघसंस्था तथा व्यक्तिहरू छन्।

सबैभन्दा धेरै बक्यौता काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय समाजको छ। उक्त संस्थाले दुई करोड ९० लाख २३ हजार रुपैयाँ भाडा बुझाउन बाँकी रहेको परिषद्ले जनाएको छ।

सुझावित समाचार