प्रधानमन्त्री तथा मन्त्रीहरूले सार्वजनिक गरेको सम्पत्तिको स्रोत खुलाउन माग गर्दै विद्यार्थीहरूले प्रदर्शन गरेका छन्।
अखिल (क्रान्तिकारी)ले सोमबार माइतीघर मण्डलामा दबाबस्वरूप विरोध प्रदर्शन गरेको हो। उनीहरूले मन्त्रिपरिषद्का सदस्यहरूको सम्पत्ति छानबिन गर्नसमेत माग गरेका छन्।
उनीहरूले ‘आयस्रोत खुलाऊ’, ‘मन्त्रीहरूलाई सुनको बहार, जनतालाई महँगी उपहार’, ‘जनताको सरकार हो भने सत्य बताऊ’, ‘मन्त्रीहरूले सार्वजनिक गरेको सम्पत्तिको छानबिन गर’, ‘गरिबको चमेली सुन दिने कोही छैन’ जस्ता नारा लेखिएका पम्प्लेट प्रदर्शन गरेका थिए।
हेर्नुस् तस्बिरहरू :
2026-04-13-04-42-39.jpeg)
2026-04-13-04-42-34.jpeg)
2026-04-13-04-42-28.jpeg)
2026-04-13-04-42-23.jpeg)
2026-04-13-04-42-18.jpeg)
2026-04-13-04-42-13.jpeg)
2026-04-13-04-42-08.jpeg)
2026-04-13-04-42-02.jpeg)
2026-04-13-04-41-55.jpeg)