शंखमूलस्थित लिभरपुल सेकेन्डरी स्कुलले ‘समग्र शिक्षामा उत्कृष्टता’ पुरस्कार २०२६ प्राप्त गरेको छ। शिक्षा दैनिक र एक्सिटो मलेसियाद्वारा काठमाडौंस्थित बेस्ट वेस्टर्न होटेलमा आयोजित एक समारोहमा उक्त पुरस्कार प्रदान गरिएको हो।
काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा.डा. अच्युतप्रसाद वाग्लेको प्रमुख आतिथ्यतामा वितरण गरिएको उक्त पुरस्कार लिभरपुल एजुकेसन नेटवर्कका संस्थापक निर्देशक नवीन चौहानले ग्रहण गरेका थिए।
लिभरपुल सेकेन्डरी स्कुलले काठमाडौं विश्वविद्यालयअन्तर्गतको तालिम विभाग सिपिइसीसँगको सहकार्यमा विद्यालयमा समग्र शिक्षा प्रदान गर्दै उत्कृष्टता हासिल गर्न सफल भएको कुरा विद्यालयका निर्देशक नवीन चौहानले बताए।
समग्र तथा परिणाममुखी शिक्षणका कारण लिभरपुल सेकेन्डरी स्कुलले गत वर्षको एसइई परीक्षामा दुईजना विद्यार्थीले ४.० जिपिएसहित उत्कृष्ट नतिजा हासिल गर्न सफल भएको थियो।