तारकेश्वरमा भएको दुर्घटनामा इन्स्पेक्टर घाइते

सोमबार, ३० चैत, २०८२
डिजिटल संस्करण

काठमाडौंको तारकेश्वरमा भएको दुर्घटनामा ट्राफिक प्रहरीमा कार्यरत इन्स्पेक्टर गम्भीर घाइते भएका छन्।   तारकेश्वर नगरपालिका– ८, डाँडागाउँमा भएको दुर्घटनामा उपत्यका ट्राफिक प्रहरी कार्यालयमा कार्यरत इन्स्पेक्टर अभय लामा घाइते भएका हुन्।  

लामा सवार रहेको बा. प्र०२–०२९ प ९४१५ नम्बरको मोटरसाइकललाई बा. प्र ०३–००१ ख १७१५ नम्बरको ट्रकले ठक्कर दिएको थियो । गम्भीर घाइते भएका इन्स्पेक्टर लामाको बी एन्ड बी अस्पतालमा उपचार भइरहेको छ। 

लामा ड्युटी सकेर मोटरसाइकलमा फुटुङस्थित घरतर्फ जाँदै थिए। विपरीत दिशाबाट आएको ट्रकले उनलाई ठक्कर दिएको हो।   

ठक्कर दिने ट्रकचालक मकवानपुरको मनहरी– ५ का ३८ वर्षीय राम मोक्तानलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ। 
 

सुझावित समाचार