प्रसिद्ध अमेरिकी घरायसी उपकरण ब्रान्ड ब्ल्याक प्लस डेकरले नयाँ वर्ष ०८३ लक्षित अफर सार्वजनिक गरेको छ । कम्पनीले ‘वोन द फ्युचर, वोन द ब्ल्याक प्लस डेकर’ योजना ल्याएको हो । नेपालका लागि आधिकारिक विक्रेता सिजी इलेक्ट्रोनिक्समार्फत सञ्चालनमा आएको यस अभियानले उपभोक्तालाई आकर्षक अफर प्रदान गर्ने लक्ष्य राखेको कम्पनीले जनाएको छ ।
कम्पनीले आफ्ना प्रिमियम उत्पादनहरूको खरिदमा विभिन्न उपहार तथा बम्पर लक्की ड्र योजना ल्याएको छ । जसअन्तर्गत ग्राहकले उपकरण खरिद गर्दा इलेक्ट्रिक केटल, किचन एप्रोन, एरोमा किट र एयर फ्रायर लाइनर्सजस्ता उपहार प्राप्त गर्नेछन् । साथै, एकजना भाग्यशाली विजेताले भियतनाम भ्रमण तथा मेघौली सेराइमा लक्जरी बसाइको मौका पाउनेछन् ।
योजनामा सहभागी हुन ग्राहकले खरिद गरिएको उत्पादनमा रहेको क्युआर कोड स्क्यान गरी आफ्नो विवरण दर्ता गर्नुपर्नेछ। त्यसपछि स्वतः बम्पर लक्की ड्रमा समावेश हुन योग्य भइनेछ । योजना २२ चैतदेखि सुरु भइसकेको छ। देशभरका सिजी डिजिटल सोरुम, एलजी सोपीमा सीमित अवधिका लागि अफर लागू हुने बताइएको छ ।