अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले चारवटा घर तथा अपार्टमेन्ट रहेको विवरण सार्वजनिक गरेका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार उनको ललितपुरमा दुई ठाउँमा तथा काभ्रेपलाञ्चोकको धुलिखेल र तनहुँको बन्दीपुरमा घर छ। ती घर १२ करोड ७५ लाख रुपैयाँमा खरिद गरिएको उनको उल्लेख गरेका छन्। त्यस्तै, अन्य पाँच ठाउँमा उनको जग्गा छ ।
त्यस्तै, चार करोड ५० लाख रुपैयाँबराबरको सेयर रहेको उनको सम्पत्ति विवरणमा उल्लेख छ। ४५ तोला सुन रहेको उनले सम्पत्ति विवरणमा खुलाएका छन्।
बैंक खातामा एक करोड ९० लाख मौज्दात तथा चार करोड रुपैयाँभन्दा धेरै कर्जा लिएको विवरण सम्पत्ति विवरणमा उल्लेख छ।
यस्तो छ उनको सम्पत्ति विवरणः



