गर्मीको राप छिचोल्दै शीतलता र रोमाञ्चक साहसिक यात्राको खोजीमा रहेका आन्तरिक पर्यटकहरूका लागि अहिले सिन्धुपाल्चोकको सुकुटे आकर्षक गन्तव्य बन्दै गएको छ। राजधानी काठमाडौंबाट छोटो दूरीमै पुग्न सकिने यो क्षेत्र विशेष गरी ‘ह्वाइट वाटर र्याफ्टिङ’का लागि प्रसिद्ध छ।
कलकल बग्ने चिसो पानी, नदीकिनारका सुविधायुक्त रिसोर्टहरू र वरपरको प्राकृतिक सुन्दरताले सुनकोशीलाई मात्र एउटा नदीमा सीमित नराखी साहसिक पर्यटनको ‘हब’का रूपमा स्थापित गर्दै छ।
कामको धपेडीबाट केही समयको विश्राम लिन र साथीभाइहरूसँग रमाइलो गर्न चाहनेहरूका लागि सुकुटेको यो यात्रा अहिलेको गर्मीमा ऊर्जा र उत्साह भर्ने उपयुक्त माध्यम बनेको छ।
हेर्नुस् तस्बिरहरू :
2026-04-12-06-26-21.jpeg)
2026-04-12-06-25-24.jpeg)
2026-04-12-06-25-15.jpeg)
2026-04-12-06-25-08.jpeg)
2026-04-12-06-25-02.jpeg)
2026-04-12-06-24-56.jpeg)
2026-04-12-06-24-50.jpeg)