यसरी निर्माण हुँदै छ रातो मत्स्येन्द्रनाथको रथ [फोटोफिचर]

आइतबार, २९ चैत, २०८२
डिजिटल संस्करण

ललितपुरको पुल्चोक क्षेत्रमा यतिवेला मत्स्येन्द्रनाथको रथयात्राका लागि रथ निर्माण कार्य चल्दै छ। नेपालकै सबैभन्दा लामो रथयात्राका लागि करिब ६० फिट अग्लो भव्य रथ निर्माणको कार्य जारी छ।

आगामी वैशाख ८ गतेदेखि सुरु हुने यस जात्राका लागि स्थानीय कालिगढहरू परम्परागत सिप र पूर्ण धार्मिक निष्ठाका साथ रथ तयार गर्न खटिएका छन्। वर्षा र सहकालका देवताका रूपमा पुजिने रातो मत्स्येन्द्रनाथको यो रथयात्रा केवल एउटा पर्व मात्र नभई काठमाडौं उपत्यकाको जीवन्त इतिहास पनि हो ।

हेर्नुहाेस् तस्बिरहरू :

सुझावित समाचार