रुपन्देहीका विभिन्न स्थानमा सञ्चालन भइरहेको अवैध अनलाइन सट्टेबाजी (जुवा) मा संलग्न भएको अभियोगमा १८ जना भारतीयसहित २० जना पक्राउ परेका छन्। पछिल्लो डेढ सातामा रुपन्देहीका दुई स्थानबाट उनीहरू पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहत कार्यालयहरूबाट खटिएको प्रहरी टोलीले अनलाइन सट्टेबाजी (जुवा)मा संलग्न २० जनालाई विभिन्न सामानहरूसहित पक्राउ गरेको हो । जिप्रकाका सूचना अधिकारीसमेत रहेका प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दका अनुसार तिलोत्तमा नगरपालिका– ७ बाट नाैजना पक्राउ परेका छन् ।
यी हुन् तिलोत्तमा ७ बाट पक्राउ परेकाहरू
भारतको बासडिया थाना मिश्रवलिया गाउँ उत्तर प्रदेश, बलियाका ३० वर्षीय प्रदीप गुप्ता, २० वर्षीय सतिश कुमार, कर्नलगन्ज थाना, बसेरिया, उत्तर प्रदेश गोन्डाका २२ वर्षीय पवन कुमार, हुसेनगंज थाना, मोहुबल बजार, बिहार प्रदेश, सिवानका २१ वर्षका मनुकुमार सोनी, नैरहवा थाना बिहार प्रदेश, सिवानका २१ वर्षका अमर कुमार, उमेरी वेगमजन्ज थाना बिहार प्रदेश, गोन्डाका २१ वर्षका नर सिंह, गोन्डा उमेरी वेगमगन्ज थाना बिहार प्रदेशका २४ वर्षका रामअसिस सिंह, गनपुर थाना, यरुली वेस्ट बंगाल प्रदेश,नदियाका ३१ वर्षका सुदीप तो माझी र हन्डी थाना, बेलहरी उत्तर प्रदेश, बलियाका २२ वर्षका अविशेष ठाकुर रहेका छन् ।
प्रनाउ चन्दका अनुसार उनीहरूबाट ल्यापटप तीन थान, मोबाइल २० थान र हिसाब राख्ने गरेको रजिस्टर पाँच थान बरामद गरेको प्रहरीले जनाएको छ ।