एनआइएमबि एस क्यापिटलअन्तर्गत सञ्चालित म्युचुअल फन्ड ‘एनआइबिएल सहभागिता फन्ड’को इकाइधनीको हितग्राही खातामा जम्मा गरिएको छ । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक कोष प्रवर्द्धक तथा एनआइएमबि एस क्यापिटल योजना व्यवस्थापक रहेको यो खुलामुखी योजना हो ।
कम्पनीका अनुसार बिज पुँजी नपुग्दा यस योजनाको इकाइ लामो समयदेखि लगानीकर्ताको हितग्राही खातामा जम्मा हुन सकेको थिएन । पहिले योजनाको आकार ६ अर्ब अर्थात् ६० करोड इकाइ थियो । तर, नेपाल धितोपत्र बोर्डले योजनाको आकार १० अर्ब रुपैयाँ अर्थात् एक अर्ब इकाइ कायम गर्न निर्देशन दिएको थियो । सोहीअनुसार कम्पनीले चैत ५ देखि योजनाको आकार बढाएको थियो ।