टाइम फर्मास्युटिकल्स लिमिटेड र नेपाल स्टक एक्सचेन्ज (नेप्सेबिच) बुक बिल्डिङ (सिलबन्दी बोलपत्र) प्रक्रिया सञ्चालन सम्झौता भएको छ । सम्झौतामा नेप्सेका प्रमुख कार्यकारी अधिकृत चूडामणि चापागाईं र टाइम फर्मास्युटिकल्सका प्रबन्ध सञ्चालक सुदर्शनलाल श्रेष्ठले हस्ताक्षर गरेका हुन् । साथै, कम्पनीको तर्फबाट कम्पनी सचिव अधिवक्ता सुदीप घिमिरे र सेयर बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्टका तर्फबाट मनोहर कँडेलको उपस्थिति थियो ।
नवलपरासीको गैँडाकोटमा रहेको टाइम फर्मास्युटिकल्सले १० करोड ८६ लाख ५० हजार रुपैयाँबराबरको १० लाख ८६ हजार पाँच सय कित्ता आइपिओ बुक बिल्डिङ विधिमार्फत निष्कासन गर्दै छ । उक्त सेयरमध्ये ४० प्रतिशत सेयर योग्य संस्थागत लगानीकर्ता र ६० प्रतिशत सर्वसाधारणका लागि निष्कासन गरिने कम्पनीले जनाएको छ ।