मर्चेन्ट बैंकिङसम्बन्धी सेवा प्रदान गर्दै आइरहेको सिद्धार्थ क्यापिटल लिमिटेडले आइएसओ ९००१ः२०१५ गुणस्तरीय व्यवस्थापन प्रणाली प्रमाणपत्र प्राप्त गरेको छ ।
कम्पनीले अन्तर्राष्ट्रिय मापदण्ड संगठनले प्रदान गर्ने यो प्रमाणपत्र भारतको मुम्बईस्थित इन्टरनेसनल सर्टिफिकेसन सर्भिसेस प्रालिबाट प्राप्त गरेको हो । यसले सिद्धार्थ क्यापिटलको गुणस्तरीय, भरपर्दो र ग्राहककेन्द्रित वित्तीय सेवाप्रतिको प्रतिबद्धता पुष्टि हुने बताइएको छ ।
आइएसओ ९००१ः२०१५ प्रमाणपत्र गुणस्तर र निरन्तर सुधारमा आफ्नो प्रतिबद्धता दर्साउने संस्थालाई प्रदान गरिने बताइएको छ । यसले सञ्चालन दक्षता सुधार गर्दै साझेदार र लगानीकर्तामा विश्वास निर्माण गर्छ ।
साथै, संस्थाले प्रवाह गर्ने सेवालाई थप प्रभावकारी र परिणाममुखी बनाउने कम्पनीको भनाइ छ । ‘प्रमाणपत्र प्राप्त गर्नु सिद्धार्थ क्यापिटलका लागि महत्वपूर्ण उपलब्धि हो,’ कम्पनीका सिइओ सन्दीप कार्कीले भने ।’