केन्टका एयरकुलर र फ्यान बजारमा

शुक्रबार, २७ चैत, २०८२
डिजिटल संस्करण

सिजी इलेक्ट्रोनिक्सअन्तर्गतको केन्ट ब्रान्डले एयरकुलर र फ्यान बजारमा ल्याएको छ । कम्पनीले आधुनिक प्रविधि, उच्च कार्यक्षमतासहितका यी उत्पादनले उपभोक्तालाई सहज, सुरक्षित र ऊर्जा–कुशल सामाधान प्रदान गर्ने लक्ष्य राखेको छ । 

कम्पनीका अनुसार, नयाँ एयरकुलर पर्सनल, डेजर्ट, टावर तथा कमर्सियल गरी विभिन्न श्रेणीमा उपलब्ध छन् । यी कुलरमा उच्च एयर डेलिभरी, ठुलो पानीट्यांकी, कम विद्युत् खपतजस्ता प्रविधि जडान गरिएको छ । 

त्यसैगरी, केन्टले आधुनिक डिजाइनमा फ्यानका मोडेल पनि ल्याएको छ । जसमा सिलिङ, वाल, टेबल तथा स्ट्यान्ड फ्यानका विभिन्न विकल्प छन् । यी फ्यानमा उच्च स्पिड, कम आवाज, ऊर्जा बचत गर्ने बिएलडिसी प्रविधि तथा आकर्षक र टिकाउ डिजाइन समावेश गरिएको छ यसले उपभोक्तालाई दीर्घकालीन सन्तुष्टि दिने कम्पनीले जनाएको छ ।

‘नेपाली उपभोक्तालाई गुणस्तरीय र भरपर्दो र आधुनिक उत्पादन उपलब्ध गराउन प्रतिबद्ध छौँ,‘ कम्पनीले भनेको छ । केन्टका उत्पादन देशभरका आधिकारिक विक्रेता तथा डिलरमार्फत उपलब्ध हुने बताइएको छ । साथै, बिक्रीपछिको सेवाका लागि टोल–फ्री सेवा, प्राविधिक सहयोग तथा वारेन्टी सुविधासमेत प्रदान गर्ने जनाइएको छ । 

सुझावित समाचार