झडपपछि कञ्चनपुर कारागारबाट १५ कैदीबन्दी स्थानान्तरण

बिहिबार, २६ चैत, २०८२
डिजिटल संस्करण

कञ्चनपुर कारागारमा कैदीबन्दीबिच झडपको घटनापछि १५ जना कैदीबन्दी स्थानान्तरण गरिएको छ। १५ जना कैदीबन्दीलाई बाँकेको नौबस्ता कारागार सारिएको कारागार प्रशासनले जनाएको छ।

कञ्चनपुर कारागारमा बुधबार झडप हुँदा पाँचजना कैदीबन्दी घाइते भएका थिए। स्थानान्तरण गरिएकामध्ये तीनजना बुधबार घटनाका घाइते हुन्।

कारागार प्रमुख हेमन्ती साउदले कारागारमा दुई पक्षबिच झड़प भएपछि १५ जना कैदबन्दीलाई स्थानान्तरण गरिएको जानकारी दिइन्। केही समययता कञ्चनपुर कारागारमा कैदीबन्दीबिच झडपका घटना दोहोरिरहेका छन्।

सुझावित समाचार