प्रतिनिधिसभाको उपसभामुखको निर्वाचन चैत २७ गते शुक्रबार हुने भएको छ। शुक्रबार ४ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा उपसभामुखको निर्वाचन गर्ने गरी सभामुखले मिति र समय निर्धारण गरेका हुन्।
बुधबार संसद् सचिवालयले निर्वाचनको कार्यतालिकासमेत सार्वजनिक गरेको छ। २६ गते बिहीबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ। सोही दिन २ः३० बजे उम्मेदवारहरूको सूची प्रकाशन गर्ने कार्यक्रम तोकिएको प्रतिनिधिसभाका सचिव हर्क राईले जारी गरेको सूचनामा उल्लेख छ।
