फेक रेस्क्यु प्रकरणपछि पर्यटन मन्त्रालयद्वारा उच्चस्तरीय समिति गठन

बुधबार, २५ चैत, २०८२
डिजिटल संस्करण

नेपालको ट्रेकिङ र पर्वतीय पर्यटन क्षेत्रमा हुने हेलिकोप्टर उद्धार (रेस्क्यु)मा भएको अनियमितता सार्वजनिक भएसँगै सरकारले कडा कदम चाल्ने घोषणा गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गर्दै विद्यमान प्रक्रिया कडाइका साथ लागू गर्न सहसचिवको संयोजकत्वमा उच्चस्तरीय समीक्षा समिति गठन गरेको जनाएको छ ।

मन्त्रालयका प्रवक्ता जयनारायण आचार्यका अनुसार सरकारले कडा नियमन, डिजिटल प्रणाली र दोषीमाथि कारबाहीमार्फत अन्तर्राष्ट्रिय विश्वास पुनर्स्थापित गर्दै नेपाललाई सुरक्षित, जिम्मेवार र विश्वस्तरीय ट्रेकिङ गन्तव्यका रूपमा कायम राख्ने विश्वास व्यक्त गरेको छ । साथै, अन्तर्राष्ट्रिय साझेदार, सञ्चारमाध्यम र सरोकारवालासँग पारदर्शी रूपमा सहकार्य जारी राख्ने प्रतिबद्धता पनि जनाएको छ ।

हालै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा आएका समाचार र अनुसन्धानप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । मन्त्रालयका अनुसार केही घटनामा उचाइजन्य बिरामी (अल्टिच्युड सिकनेस)को लक्षण बढाइचढाइ गरी देखाउने, आवश्यक नभए पनि हेलिकोप्टर उद्धार गराउने र बिमा दाबी रकम बढाइनेजस्ता अनियमितता भएको आशंका गरिएको छ । 

सुझावित समाचार