पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीलाई उत्कृष्ट सहकारी पुरस्कार

मंगलबार, २४ चैत, २०८२
डिजिटल संस्करण

पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडलाई लुम्बिनी प्रदेशका बहुउद्देश्यीय सहकारीहरूमध्येबाट उत्कृष्ट सहकारी पुरस्कार प्रदान गरिएको छ। ६९औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले राप्ती उपत्यका (देउखुरी)मा एक कार्यक्रमबिच पुरस्कृत गरिएको हो।

हालै मात्र चौथो साधारणसभा सम्पन्न गरेको सहकारीलाई मुख्यमन्त्री चेतनारायण आचार्यले ‘उत्कृष्ट कार्यसम्पादन’ विधामा प्रथम पुरस्कार नगद रु. २५ हजारसहित प्रशंसा–पत्र प्रदान गरे।

संस्थाको सुशासन, पारदर्शिता र सदस्य केन्द्रित सेवाको प्रतिफलले नै संस्था स्थापनाको छोटो अवधिमा नै यो उचाइसम्म पुर्यायाउन सफल भएको उक्त सहकारीका अध्यक्ष दधिराम खरेलले बताए। यातायात व्यवसायी, चालक र मजदुरहरू र उनीहरूको परिवारको हकहित संरक्षण र विकास गर्ने उद्देश्यले सहकारी स्थापना गरिएको उनको भनाइ छ।

सो सहकारीमा हाल तीन हजार ३८३ सेयर सदस्य छन्। सहकारीमा २ हजार ९०१ पुरुष र ४८२ महिला सदस्यको कुल एक करोड ८२ लाख ७४ हजार १ सय रुपैयाँबराबरको शेयर छ। निक्षेपतर्फ ९ करोड २ लाख हजार ४२ हजार ९ तथा कर्जा लगानीतर्फ १० करोड ३३ लाख ४८ हजार ४३६ छ। कुल वासलात ११ करोड ४९ लाख २८ हजार ४३६ छ।

लुम्बिनी प्रदेश सरकारले विभिन्न चार विधामा पाँचवटा सहकारी संस्थालाई पुरस्कृत गरेको छ। पल्स, एमसिआई र सुशासनका सूचकका आधारमा ती सहकारी संस्थालाई २५ हजार रुपैयाँ र प्रमाणपत्रसहित पुरस्कृत गरिएको हो।

सुझावित समाचार