सरकारले आवश्यक परे सवारीसाधनमा जोर–बिजोर प्रणाली लागू गर्ने प्रस्ट पारेको छ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठककाे निर्णय सुनाउँदै संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले आवश्यक परे जोर–बिजोर प्रणाली लागू हुने बताइन्। सरकारले वर्क फ्रम होम र विद्युतीय साधनको प्रयोग बढाउनसमेत आह्वान गरेको छ।
ऊर्जा बचत गर्न र संयमित हुन आग्रह गर्दै मन्त्री रावलले भनिन्, ‘आवश्यक परे जोर–बिजोर प्रणाली पनि सरकारले लागू गर्नेछ। सरकार जनतासँग वर्क फ्रम होम र विद्युतीय साधनको प्रयोग बढाउन आह्वान गर्दछ।’