सोमबार १० बजेसम्मका मुख्य १० खबर

सोमबार, २३ चैत, २०८२
डिजिटल संस्करण

ओली र लेखकको पक्राउलाई सर्वोच्चले दियो वैधानिकता 
 
जेन–जी आन्दोलनमा लापरबाही गरेर आन्दोलनकारीको ज्यान लिएको आरोपमा पक्राउ परेका पूर्वप्रधानमन्त्री केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकको बुधबारभित्र अनुसन्धान सकेर मुद्दा दायर नभएमा उनीहरूलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले परमादेश दिएको छ । बन्दी प्रत्यक्षीकरणको रिटमा सर्वोच्चले सोमबार उनीहरूलाई अब म्याद थप नगर्न परमादेश दिएको हो। 

फेवातालको चार किल्लाभित्रको जग्गाको स्थिति यकिन गर्न समिति गठन

सरकारले फेवातालको चार किल्लाभित्रको जग्गाको हालको स्थिति यकिन गर्न पाँचसदस्यीय समिति गठन गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमि व्यवस्था तथा अभिलेख विभागका महानिर्देशक शिवप्रसाद रेग्मीको संयोजकत्वमा समिति गठन गरेको हो।

प्रधानमन्त्रीसँगको छलफलमा कस्ता सुझाव दिए लुम्बिनी प्रदेशका सांसदले ?

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सोमबार लुम्बिनी प्रदेशबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरूसँग सिंहदरबारमा छलफल गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आयोजनामा बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म चलेको छलफलमा चालू आर्थिक वर्ष ०८२ र ०८३ भित्र कार्यान्वयन गर्न सकिने कार्यक्रम, दीर्घकालीन पूर्वाधार विकास, कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा, सुशासन तथा सामाजिक विषयहरूमा व्यापक बहस भएको थियो । सहभागी सांसदहरूले आ–आफ्ना निर्वाचन क्षेत्रका समस्या, सम्भावना तथा योजनाहरू प्रस्तुत गरेका थिए । 

एकैदिन दुई इन्जिनियर घुससहित पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार एकैदिन दुई इन्जिनियरलाई घुससहित पक्राउ गरेको छ। सघन सहरी तथा भवन निर्माण आयोजना धनकुटा र नेपाल विद्युत् प्राधिकरण कञ्चनपुर वितरण केन्द्र सप्तरीका प्रमुख ९इन्जिनियर० घुससहित पक्राउ परेका हुन्।

अर्थ मन्त्रालयद्वारा विशिष्ट पदाधिकारी तथा कर्मचारीको इन्धन सुविधा कटौती

अर्थ मन्त्रालयले सरकारी कर्मचारी तथा पदाधिकारीले पाउँदै आएको इन्धन सुविधामा कटौती गर्ने निर्णय गरेको छ । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले इन्धन संकटबाट अर्थतन्त्रलाई जोगाउन इन्धन सुविधा कटौती गर्ने निर्णय स्वीकृत गरेका हुन् ।  

प्रतिनिधिसभाको २१ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन

सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको २१ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन गरेका छन्। प्रतिनिधिसभाको सोमबारको बैठकमा उनले कार्यव्यवस्था परामर्श समिति गठन गरी सदस्यहरू मनोनीत गरेको जानकारी गराएका हुन्।

६ वर्षअघि हटाइएको औद्योगिक सुरक्षा बल ब्युँताउने तयारी 

सरकारले उद्योगको सुरक्षाका लागि औद्योगिक सुरक्षा बल बनाउने भएको छ । मन्त्रिपरिषद्को पहिलो बैठकले गरेको निर्णयका आधारमा गृह मन्त्रालयले यससम्बन्धी गृहकार्य अघि बढाउन थालेको हो । 

परराष्ट्रमन्त्री खनाल मोरिसस जाँदै

परराष्ट्रमन्त्री शिशिर खनाल मोरिसस जाने भएका छन्। परराष्ट्रमन्त्री भएपछि उनी पहिलो विदेश भ्रमणमा जान लागेका हुन्। तर, उनी द्विपक्षीय औपचारिक भ्रमणमा नभएर नवौँ इन्डियन ओसन कन्फरेन्समा सहभागी हुन जाने भएका छन्।

अब नयाँ सवारी लाइसेन्स २४ घण्टाभित्रै : सञ्चारमन्त्री तिमिल्सिना

सञ्चार तथा सूचना प्रविधि मन्त्री डा। विक्रम तिमिल्सिनाले अब २४ घण्टाभित्रै नयाँ सवारीचालक अनुमतिपत्र ९लाइसेन्स० छापेर उपलब्ध गराउने बताएका छन्।

सुदूरपश्चिमको वनमन्त्रीमा कांग्रेसका भट्ट नियुक्त

सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीमा प्रदेश सभा सदस्य शिवराज भट्टलाई नियुक्त गरेका छन्। नवनियुक्त मन्त्री भट्टको शपथ अहिले ५ बजेलाई राखिएको छ। यो मन्त्रालय गत असारदेखि मन्त्रीविहीन थियो। 

सुझावित समाचार