नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको अध्यक्षमा विराटनगरका उद्योगी राजेन्द्र राउत दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन्।
आइतबार साँझ विराटनगरमा सम्पन्न महासंघको ८औँ अधिवेशनबाट प्रतिस्पर्धी नवीन रिजाललाई पराजित गर्दै अध्यक्ष राउतको समूह नै निर्वाचित भएको हो।
दोस्रो कार्यकालको तीन वर्षका लागि निर्वाचित अध्यक्ष राउतले १४२ मत प्राप्त गरे। प्रतिस्पर्धी नवीन रिजालले ५८ मत मात्रै पाए। राउत नेपाल उद्योग वाणिज्य महासंघ कोशीका संस्थापक अध्यक्ष पनि हुन्। प्रतिस्पर्धी रिजाल उद्योग व्यापार संघ मोरङको पूर्वअध्यक्ष तथा उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य हुन्।
आइतबार सम्पन्न निर्वाचनबाट उद्योग वाणिज्य संघ कोशीको जिल्ला–नगर उपाध्यक्षमा ऋषिराज तिम्सिना, वस्तुगत उपाध्यक्षमा राजन श्रेष्ठ, एसोसिएट्स उपाध्यक्षमा रविनकुमार दाहाल र कोषाध्यक्षमा श्रवणकुमार अग्रवाल निर्वाचित भएका छन्।
यसैगरी, एसोसिएट्स सदस्यमा देवकीनन्दन अग्रवाल र भविशकुमार श्रेष्ठ, जिल्ला–नगर सदस्यमा कृष्णप्रसाद रिजाल, राजु ढुंगाना राजीव, जयप्रकाश शर्मा, हर्कबहादुर श्रेष्ठ र नवीनकुमार चौधरी तथा वस्तुगततर्फको सदस्यमा सुवास आचार्य र दीपक पाण्डे चयन भएका छन्।