हिमालयन जाभा बास्केटबल लिगमा कीर्तिपुरले रोयललाई ८८–६७ ले पराजित गरेको छ । दशरथ रंगशालाको कभर्डहलमा आइतबार भएको पहिलो खेलमा प्लेअफ होडबाट बाहिरिसकेको कीर्तिपुरले अन्तिम लिग खेलमा जित निकालेको हो ।
कीर्तिपुरले १४ मध्ये चार खेलमा जित र १० मा हार नतिजा निकाल्दै १८ अंक जोडेर पाँचौँ स्थान रक्षा गरेको छ । रोयलले १४ मध्ये दुई खेल जित्दा १२ खेलमा पराजित भयो । पहिलो क्वार्टरमा दुवैले १६–१६ स्कोर गरेका थिए ।
दोस्रो क्वार्टर कीर्तिपुरले २८–१८ ले आफ्नो पक्षमा राखेको थियो । हाफटाइसम्म कीर्तिपुरले ४४–३४ को अग्रता बनायो । तेस्रो क्वार्टरमा दुवैले समान २० स्कोर गरेका थिए । प्रतियोगिताको विजेताले चार लाख र उपविजेताले दुई लाख रुपैयाँ पाउनेछन् । यसैगरी, तेस्रो हुनेले एक लाख हात पार्नेछ ।