प्रतिनिधिसभाको आजको बैठकबाट सभामुख पदमा डोलप्रसाद अर्याल निर्विरोध निर्वाचित भएका छन्। बैठकको अध्यक्षता गरिरहेका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले अर्याललाई सफल कार्यकालको शुभकामना दिँदै निर्वाचित भएको घोषणा गरेका थिए।
सभामुख पदका लागि प्रस्तावक र समर्थकले आफ्नो धारणा राखेपछि केसीले अर्याल निर्विरोध निर्वाचित भएको औपचारिक जानकारी गराएका हुन्।
प्रतिनिधिसभाको अर्को बैठक यही चैत २३ गते सोमबार अपराह्न १ बजे बस्ने तय गरिएको छ।