विश्वभरका इसाई धर्मावलम्बीले आज इस्टर सन्डे मनाउँदै छन् । इस्टर सन्डेको अवसरमा आज राजधानी काठमाडौंमा र्यालीसहित कार्यक्रमको आयोजना गरिएको छ ।
उपत्यकाको विभिन्न ठाउँबाट सुरु भएको र्याली दशरथ रंगशालामा पुगेर कार्यक्रममा परिणत भएको छ। इसाई धर्मगुरु यशुलाई क्रसमा चढाइएको तीन दिनमा उनी पुनरुत्थान भएको भन्ने विश्वासका साथ इस्टर सन्डे मनाइन्छ ।
बाइबलमा उल्लेख भएअनुसार दुई हजार वर्ष पहिला शुक्रबारको दिन यशुलाई जेरुसेलमको पहाडमा क्रसमा चढाइएको थियो र त्यसको तेस्रो दिनमा उनी पुनरुत्थान भएका थिए र त्यस दिन आइतबार परेको थियो । इस्टर सन्डेलाई यशुको पुनरुत्थान भएको दिनको रूपमा पनि लिने गरिन्छ ।









