इन्डियन प्रिमियर लिग : दिल्लीसँग मुम्बईको हार

आइतबार, २२ चैत, २०८२
डिजिटल संस्करण

दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२६ मा मुम्बई इन्डियन्सलाई ६ विकेटले पराजित गरेको छ । शनिबार दिल्लीस्थित अरुण जेट्ली रंगशालामा टस हारेर पहिला ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ६३ रनको लक्ष्य दिएको थियो । प्रत्युत्तरमा दिल्लीले १८.१ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो ।

लगातार दोस्रो जितपछि दिल्लीले चार अंक जोडेको छ । पहिलो खेलमा दिल्लीले लखनउ सुपर जायन्ट्सलाई ६ विकेटले हराएको थियो । पहिला खेलमा कोलकातालाई हराएको मुम्बईले पहिलो हार व्यहोर्यो ।

दिल्लीको जितमा समीर रिज्वीले सर्वाधिक ९० रन बनाए । उनले ५१ बलको सामना गर्दै सात चौका र सात छक्का प्रहार गरेका थिए । ओपनर पाथुम निशंकाले ४४ रनको योगदान गरेका थिए । डेबिड मिलर २१ रनमा अविजित रहे । दिल्लीको जितमा मिलर र रिज्वीले ३९ बलमा सर्वाधिक ७८ रनको साझेदारी गरेका थिए । 

यसअघि मुम्बईका लागि कप्तान सुर्यकुमार यादवले सर्वाधिक ५१ रन बनाए । उनले ३६ बलमा ३ चौका र २ छक्का प्रहार गरेका थिए । नियमित कप्तान हार्दिक पाण्ड्याको अनुपस्थितिमा सूर्यले कप्तानी जिम्मेवारी पाएका थिए । ओपनर रोहित शर्मा ३५ रन बनाएका थिए । नमन धिर २८ तथा मिचेल स्यान्टेनरले १८ रन बनाए । दिल्लीका लागि मुकेश कुमारले दुई विकेट लिएका थिए । मुम्बईका लागि रोहित र यादवले तेस्रो विकेटका लागि ४० बलमा ५३ रनको साझेदारी गरेका थिए । 

See More On

सुझावित समाचार