सम्पत्ति शुद्धीकरणसम्बन्धि कसुरको अनुसन्धानका लागि व्यवसायी शंकरलाल अग्रवाललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नियन्त्रणमा लिएको छ। उनलाई शुक्रबार कार्यालयमै बोलाएर विभागले सोधपुछ गरेको थियो। बयान नसकिएपछि उनलाई ललितपुर प्रहरीको हिरासतमा पठाइएको छ । अग्रवाल शंकर ग्रुपका अध्यक्ष हुन्।
‘विभागले हामीलाई थुनामा राख्न पठाएको छ,’ जिल्ला प्रहरी परिसर, ललितपुरका एसपी गौतम मिश्रले भने,‘के कसुरमा अनुसन्धानमा भइहरेको हो हामीलाई विस्तृत जानकारी छैन ।’
विभागले शंकर ग्रुपसँग निकट रहेका बिचौलिया दीपक भट्टलाई बिहीबार पक्राउ गरेको थियो। विभिन्न कम्पनीको रकम दुरुपयोगसम्बन्धि अभियोगमा उनीहरू पक्राउ परेका हुन्।